lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

laijau na - prabesh kumar shrestha lyrics

Loading...

केही अघिदेखि अल्झिरहेको यो मनलाई
किन*किन लाग्छ डर देखी यो संसार सारालाई, hmm

के नै लानु छ र यो जीवनमा? हाँसीखुशी बिताउने चाहना
के हुन्छ भनेर पर्खिरहेँ आशैआशामा तिमीसँगै

लैजाऊ न मलाई अब यहाँबाट धेरै टाढा
अन्धेरीमा उजेलीझैँ आउनेछु म पछि तिम्रै

जानी*नजानी डुबिरहेँ म आफ्नै सोचभित्र
लुकाइराख्नु कति यी भावना सबै?

के नै लानु छ र यो जीवनमा? हाँसीखुशी बिताउने चाहना
मनभरिका बिर्सी वेदना आशैआशामा तिमीसँगै

लैजाऊ न मलाई अब यहाँबाट धेरै टाढा
अन्धेरीमा उजेलीझैँ आउनेछु म पछि तिम्रै
लैजाऊ न मलाई अब यहाँबाट धेरै टाढा
अन्धेरीमा उजेलीझैँ आउनेछु म पछि तिम्रै

शायद यस्तै नै हो कि भनेर बुझाइरहेँ आफैलाई म
भागी जाऊँ कहाँ*कहाँ म, शून्यतामा बिलाइसकेँ

Random Song Lyrics :

Popular

Loading...